advertisement

अमेरिकाले भने पहिलादेखि नै चीनले कोरोनाबाट भएको मानवीय क्षतिको वास्तविकता लुकाएको भन्दै आएको छ । उक्त विषयमा डब्ल्यूएचओले पनि चीनको पक्ष लिएको भन्दै डब्ल्यूएचओलाई दिदै आएको अमेरिकाले आर्थिक सहयोग समेत रोकेको छ ।

" /> कोरोनाबाट ज्यान गुमाएको संख्या अमेरिकामा भन्दा चीनमा धेरै छ : राष्ट्रपति डोनाल्ड ट्रम्प - Sarbocha Media

कोरोनाबाट ज्यान गुमाएको संख्या अमेरिकामा भन्दा चीनमा धेरै छ : राष्ट्रपति डोनाल्ड ट्रम्प

`

     २०७७ वैशाख ०६ गते ३:२०

बैशाख, ६ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा धेरै जनाले ज्यान गुमाएको दाबी गरेका छन् ।

चीनको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अचानक वृद्धि भएर सार्वजनिक भएपछि ट्रम्पले उक्त दाबी गेरेको हो ।

ट्रम्पले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गराको भन्दै मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै भएको बताएको छ ।

चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्यामा १ हजार २ सय ९० जना मृतक थपिएको थियो ।

यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएको चिनियाँ अधिकारीहरुको भनाइ रहेको छ ।

advertisement

अमेरिकाले भने पहिलादेखि नै चीनले कोरोनाबाट भएको मानवीय क्षतिको वास्तविकता लुकाएको भन्दै आएको छ । उक्त विषयमा डब्ल्यूएचओले पनि चीनको पक्ष लिएको भन्दै डब्ल्यूएचओलाई दिदै आएको अमेरिकाले आर्थिक सहयोग समेत रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?