अमेरिकामा कोरोना महामारी एकदम तीव्र गतिमा फैलिरहेको छ । आज शनिबार बिहानसम्ममा अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख १० हजार २१ पुगिसकेको छ, भने ३७ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । ६० हजार ५ सय १० जना निको भएको तथ्यांकमा उल्लेख छ । १३ हजार ५०९ जनाको अवस्था गम्भीर रहेको छ ।

advertisement

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ हजार ७४५ पुगेको छ । अहिलेसम्म त्यहाँ १ लाख ७२ हजार ४ सय ३४ कोरोनाको संक्रमित भएका छन् । संक्रमितमध्ये ४२ हजार ७२७ पूर्णरूपमा निको भइसकेका छन् ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ८३९ पुगेको छ । स्पेनमा कोरोनाका कारण २० हजार२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ७४ हजार ७ ९७ पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ९० हजार बढीमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ३७१ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स र बेलायत पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख बढि नाघेको छ भने मृत्यु हुनेको संख्या १८ हजार ६८१ पुगेको छ । अहिले त्यहाँ ९४ हजार ८६८ जनामा कोरोना संक्रिय रहेको छ । तीमध्ये ६ हजार २७ अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ । मृत्यु हुनेको संख्या भने ४ हजार ५२ पुगेको छ । बिहीबार मात्रै त्यहाँ २४८ जनाको मृत्यु भएको छ भने ३ हजार नयाँ संक्रमित भेटिएका छन् ।

अहिले जर्मनीमा १ लाख ४१ हजार ३९७ जनामा कोरोना संकमण भएको छ । संक्रमितमध्ये ८१ हजार ११४ भने पूर्णरुपमा निको भइसकेका छन् । चीनपछि सबैभन्दा बढी पूर्णरुपमा निको हुनेमा जर्मनी नै पर्छ ।

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा १४ हजार ५७६ जनाको ज्यान गइसकेके छ । संक्रमितको संख्या भने १ लाख ८ हजार ६९२ पुगेको छ । त्यहाँ अहिले ९३ हजार ७७२ मा कोरोना सक्रिय रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले ९३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ९९४ को पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७१९जनामा कोरोनाको संक्रमण देखिएको छ ।

" /> विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २४५, संक्रमित २२ लाख ५० हजार २४५ - Sarbocha Media

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २४५, संक्रमित २२ लाख ५० हजार २४५

`

     २०७७ वैशाख ०६ गते २:०५

काठमाडौं,६ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २४५ पुगेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानासम्ममा संक्रमितको संख्या भने २२ लाख ५० हजार २४५ पुगेको छ । विश्वभर ५६हजार ९६३ जनाको अवस्था गम्भिर रहेको छ ।

अमेरिकामा कोरोना महामारी एकदम तीव्र गतिमा फैलिरहेको छ । आज शनिबार बिहानसम्ममा अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख १० हजार २१ पुगिसकेको छ, भने ३७ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । ६० हजार ५ सय १० जना निको भएको तथ्यांकमा उल्लेख छ । १३ हजार ५०९ जनाको अवस्था गम्भीर रहेको छ ।

advertisement

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ हजार ७४५ पुगेको छ । अहिलेसम्म त्यहाँ १ लाख ७२ हजार ४ सय ३४ कोरोनाको संक्रमित भएका छन् । संक्रमितमध्ये ४२ हजार ७२७ पूर्णरूपमा निको भइसकेका छन् ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ८३९ पुगेको छ । स्पेनमा कोरोनाका कारण २० हजार२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ७४ हजार ७ ९७ पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ९० हजार बढीमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ३७१ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स र बेलायत पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख बढि नाघेको छ भने मृत्यु हुनेको संख्या १८ हजार ६८१ पुगेको छ । अहिले त्यहाँ ९४ हजार ८६८ जनामा कोरोना संक्रिय रहेको छ । तीमध्ये ६ हजार २७ अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ । मृत्यु हुनेको संख्या भने ४ हजार ५२ पुगेको छ । बिहीबार मात्रै त्यहाँ २४८ जनाको मृत्यु भएको छ भने ३ हजार नयाँ संक्रमित भेटिएका छन् ।

अहिले जर्मनीमा १ लाख ४१ हजार ३९७ जनामा कोरोना संकमण भएको छ । संक्रमितमध्ये ८१ हजार ११४ भने पूर्णरुपमा निको भइसकेका छन् । चीनपछि सबैभन्दा बढी पूर्णरुपमा निको हुनेमा जर्मनी नै पर्छ ।

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा १४ हजार ५७६ जनाको ज्यान गइसकेके छ । संक्रमितको संख्या भने १ लाख ८ हजार ६९२ पुगेको छ । त्यहाँ अहिले ९३ हजार ७७२ मा कोरोना सक्रिय रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले ९३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ९९४ को पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७१९जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?