काठमाडाैं, ४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ विरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई र्यापिड टेस्टमा आउन आग्रह गरेको छ ।
यस्तै कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पर्नि र्यापिड टेस्ट गर्न आग्रह गरेको छ ।





