advertisement

त्यस्तै गुजरातमा ३३ र दिल्लीमा ३२ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको छ

एक हजार चार सय ८९ जना संक्रमित निको भएर घर फकिएइसकेका छन् ।

विश्वमा २० लाख बढि संक्रमित पुगेको छ भने १ लाख ३४ हजार ६१६ ले ज्यान गुमाइसकेका छन् ।

" /> भारतमा कोरोनाबाट ज्यान जानेको संख्या चार सय १४ पुग्यो - Sarbocha Media

भारतमा कोरोनाबाट ज्यान जानेको संख्या चार सय १४ पुग्यो

`

     २०७७ वैशाख ०४ गते ४:२९

काठमाडौं, ४ बैशाख। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान जानेको संख्या चार सय १४ पुगेको छ ।

हालसम्म कोरोनाबाट संक्रमित हुने मानिसको सख्या पनि १२ हजार तीन सय ८० पुगेको भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३७ जनाको मृत्यु भएको जनाइएको छ ।

भारतको महाराष्ट्रमा तीव्र गतिमा कोरोनाको प्रभावित देखिएको छ । महाराष्ट्रमा हालसम्म एक सय ८७ जनाको ज्यान गइसकेको छ भने २ हजार ९ सय १६ जना संक्रमित पुगिसकेको छ।

महाराष्ट्रपछि मध्य प्रदेशमा सबैभन्दा बढी ५३ जना मानिसको मृत्यु भएको छ ।

advertisement

त्यस्तै गुजरातमा ३३ र दिल्लीमा ३२ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको छ

एक हजार चार सय ८९ जना संक्रमित निको भएर घर फकिएइसकेका छन् ।

विश्वमा २० लाख बढि संक्रमित पुगेको छ भने १ लाख ३४ हजार ६१६ ले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?