advertisement

त्यहाँसको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ११ हजार ५८६ को ज्यान गइसकेको छ ।

बुधबार मात्रै न्यूयोर्कमा ७५२ जनाको मृत्यु भएको छ भने ११ हजार ५२५ नयाँ संक्रमित थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या २ लाख १४ हजार नाघेको छ ।

" /> कोरोनाबाट अमेरिकामा ज्यान जानेको संख्या २८ हजार ५ सय २९, संक्रमित ६ लाख ४४ हजार ८९ - Sarbocha Media

कोरोनाबाट अमेरिकामा ज्यान जानेको संख्या २८ हजार ५ सय २९, संक्रमित ६ लाख ४४ हजार ८९

`

     २०७७ वैशाख ०४ गते १:२०

एजेन्स, ४ बैशाख । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या २८ हजार ५ सय २९ पुगेको छ ।

हालसम्म संक्रमितको जम्म संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ । कोरोनाबाट बुधबार मात्र त्यहाँ २ हजार ४८२ जनाको ज्यान गएको छ ।

एकै दिन कोरोनाबाट यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो घटना हो । यसअघि अमेरिकामा अप्रिल ११ मा २ हजार ३५ जनाको मृत्यु भएको थियो भने मंगलबार २४ सय ७ जनाको मृत्यु भएको थियो ।

वल्र्डोमिटर्सका अनुसार बुधबार एकै दिनमा अमेरिकामा ३० हजार २०६ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको तुलनामा दैनिक मृत्यु अघिल्लो साताको भन्दा यस साता उच्च देखिएको छ ।

advertisement

त्यहाँसको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ११ हजार ५८६ को ज्यान गइसकेको छ ।

बुधबार मात्रै न्यूयोर्कमा ७५२ जनाको मृत्यु भएको छ भने ११ हजार ५२५ नयाँ संक्रमित थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या २ लाख १४ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?