advertisement

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने १५ जना उपचाररत छन् ।

" /> कोरोनाकोबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या १ लाख २६ हजार ६०४, संक्रमित १९ लाख ९८ हजार १११ - Sarbocha Media

कोरोनाकोबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या १ लाख २६ हजार ६०४, संक्रमित १९ लाख ९८ हजार १११

`

     २०७७ वैशाख ०३ गते २:२७

काठमाडौं, ०३ बैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या १ लाख २६ हजार ६०४ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १९ लाख ९८ हजार १११ जना पुगेको छ । हालसम्म ४ लाख ७८ हजार ६५९ जना निको भइसकेका छन् । ५१ हजार ६०८जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्तराज्य अमेरिकामा ६ लाख १३ हजार ८८६ कुल सङ्क्रमित भएका छन् भने, २६ हजार ४७ को ज्यान गइसकेको छ । यसैबीच ३८ हजार ८२० निको भएर फर्किएका छन् । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

इटालीमा १ लाख ६२ हजार ४८८ कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ६७ को ज्यान गइसकेको छ । यसैबीच ३७ हजार १३० जना निको भएर फर्किएका छन् ।

यता स्पेनमा १ लाख ७४ हजार ६० कुल सङ्क्रमित भएका छन् भने, १८ हजार २५५ जनाको ज्यान गइसकेको छ । यसैबीच ६७ हजार ५०४ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा १ लाख ४३ हजार ३०३ कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ७२९ को मृत्यु भएको छ । यसैबीच २८ हजार ८०५ निको भएर फर्किएका छन् ।

चीनमा ८२ हजार २९५ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३४२ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ८१६ निको भएर फर्किएका छन् । इरानमा ७४ हजार ८१६ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ६८३ को मृत्यु भएको छ । यसैबीच ४८ हजार १२९ निको भएर फर्किएका छन् ।

बेलायतमा ९३ हजार ८७३ कुल सङ्क्रमित भएका छन् भने, १२ हजार १०७ को मृत्यु भएको छ । टर्किमा ६५ हजार १११ मा संक्रमण देखिएको छ भने १ हजार ४०३ जनाको ज्यान गइसकेको छ । त्यस्तै ४ हजा ७९९जना निको भएर घर फर्किएका छन् ।

advertisement

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने १५ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?