काठमाडौं, ०२ बैशाख। कोरोना भाइरसको संक्रमणको आशंकमा अस्पताल लगिएका दुई जना संक्रमित भएको पुष्टि भएको छ ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीन जना मध्य दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी नै रहेको बताइएको छ ।

बेलायतबाट आएका उनीहरुको सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।




