काठमाडौं, ०२ बैशाख । भारतमा थप तीन हप्ता लकडाउन लम्बिएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिभिजन सम्बोधन गर्दै लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका छन्।
यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन भोलि बुधबार सकिँदैछ । प्रधानमन्त्री मोदीले सबैको सुझावलाई ध्यानमा राखेर लकडाउनलाई ३ मेसम्म बढाउने निर्णयमा पुगेको बताइएको छ।

कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिने भन्दै उनले हटस्पट पहिचान गरेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
भारतमा अहिलेसम्म १० हजार ४५३ मा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने ३५८ जनाको मृत्यु भइसकेको छ ।




