advertisement

अत्यावश्यक दैनिक उपभोग्य सामग्री र औषधिजन्य वस्तुहरु सहजरूपमा नेपालतर्फ आपूर्ति गर्न नेपाल–चीन सीमानाका पुनः खोल्न चीन सरकार सहमत भएकामा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

" /> औषधि, उपकरण खरिदमा सघाउन ज्ञवालीले गरे चीनका विदेशमन्त्रीलाई राति नै टेलिफोन - Sarbocha Media

औषधि, उपकरण खरिदमा सघाउन ज्ञवालीले गरे चीनका विदेशमन्त्रीलाई राति नै टेलिफोन

`

     २०७७ वैशाख ०२ गते ४:२१

काठमाडौं, ०२ बैशाख । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ ।

सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको आग्रह मन्त्री ज्ञवालीले गर्नुभयो ।

advertisement

अत्यावश्यक दैनिक उपभोग्य सामग्री र औषधिजन्य वस्तुहरु सहजरूपमा नेपालतर्फ आपूर्ति गर्न नेपाल–चीन सीमानाका पुनः खोल्न चीन सरकार सहमत भएकामा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?