advertisement

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने १३ जना उपचाररत छन् ।

" /> विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख १९ हजार ६९२, संक्रमित १९ लाख २४ हजार ६ सय ७९ - Sarbocha Media

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख १९ हजार ६९२, संक्रमित १९ लाख २४ हजार ६ सय ७९

`

     २०७७ वैशाख ०२ गते २:४३

काठमाडौं, ०२ बैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या १ लाख १९ हजार ६९२ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १९ लाख २४ हजार ६ सय ७९ जना पुगेको छ । हालसम्म ४ लाख ४५ हजार ५ जना निको भइसकेका छन् । ५१ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्तराज्य अमेरिकामा ५ लाख ८६ हजार ९४१ कुल सङ्क्रमित भएका छन् भने, २३ हजार ६४० को ज्यान गइसकेको छ । यसैबीच ३६ हजार ९४८ निको भएर फर्किएका छन् । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख ५९ हजार ५१६ कुल सङ्क्रमित भएका छन् भने, २० हजार ४ सय ६५ को ज्यान गइसकेको छ । यसैबीच ३५ हजार ४३५ जना निको भएर फर्किएका छन् ।

यता स्पेनमा १ लाख ७० हजार ९९ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार १७५६ जनाको ज्यान गइसकेको छ । यसैबीच ६४ हजार ७२७ जना निको भएर फर्किएका छन् । फ्रान्समा १ लाख ३६ हजार ७७८ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ९६७ को मृत्यु भएको छ । यसैबीच २७ हजार ७१८ निको भएर फर्किएका छन् ।

चीनमा ८२ हजार २४९ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३४१को मृत्यु भएको छ । यसैबीच ७७ हजार ७३८ निको भएर फर्किएका छन् । इरानमा ७३ हजार ३०३ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ५८५ को मृत्यु भएको छ । यसैबीच ४५ हजार ९८३ निको भएर फर्किएका छन् ।

बेलायतमा ८८ हजार ६२१ कुल सङ्क्रमित भएका छन् भने, ११ हजार ३२९ को मृत्यु भएको छ । यसैबीच ३४४ निको भएर फर्किएका छन् ।टर्किमा ६१ हजार४९ मा संक्रमण देखिएको छ भने १ हजार २९६ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३ हजा ९५७ जना निको भएर घर फर्किएका छन् ।

advertisement

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने १३ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?