advertisement

कोरोना भाइरस संक्रमणको आशंका गरिएकाहरु एक महिनाअघि चैत ५ गते बेलायतको राजधानी लण्डनबाट नेपाल फर्किएका हुन् । ।

हाल अपार्टमेण्टमा आवतजावत पूर्णरुपमा रोक लगाइएको छ । सन सिटी अपार्टमेण्टमा ए–बी, जे, एच र आई गरी अपार्टब्लकहरू छन् ।

" /> एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंकापछि सन सिटी अपार्टमेन्ट ‘सिल’ - Sarbocha Media

एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंकापछि सन सिटी अपार्टमेन्ट ‘सिल’

`

     २०७७ वैशाख ०२ गते १:०७

काठमाडौं, ०२ वैशाख । एकै परिवारका तीन जनामा कोरोना भाइरसको संक्रमणको आशंका देखिएपछि प्रहरीले कागेश्वरी मनोहरा नगरपालिकाको–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट ‘सिल’ गरेको छ ।

सन सिटी अपार्टमेण्टको एबी ब्लकको १५ तलामा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीको ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ गर्दा कोरोना संक्रमणको आशंका देखिएपछि प्रहरीले पुरै अपार्टमेण्ट नियन्त्रण लिएको हो ।

सिल अवधिभर अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्। शंकास्पद ब्यक्तिहरू तीनै जनालाई आवश्यक परीक्षण तथा उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।

advertisement

कोरोना भाइरस संक्रमणको आशंका गरिएकाहरु एक महिनाअघि चैत ५ गते बेलायतको राजधानी लण्डनबाट नेपाल फर्किएका हुन् । ।

हाल अपार्टमेण्टमा आवतजावत पूर्णरुपमा रोक लगाइएको छ । सन सिटी अपार्टमेण्टमा ए–बी, जे, एच र आई गरी अपार्टब्लकहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?