काठमाडौं, ०१ बैशाख । सरकारले दैनिक उपभोग्य र अत्यावश्यक बस्तु विक्रीवितरण गर्ने पसलेले आफ्नो पसलमा भएको सामान र मूल्यसूची स्वघोषणा नगरेमा पसलमा सिलबन्दी गर्ने भएको छ ।
खाद्यान्न, एलपी ग्यासलगायत दैनिक उपभोग्य र अत्यावश्यक बस्तुको मूल्य र सामान लुकाएमा उनीहरमाथि कालोबजारीको अभियोगमा कारबाही गर्ने जनाइएको छ।
बजार अनुगमन गर्न आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी सम्मिलित मार्सल टोली पनि गठन भएको छ ।
प्रशासन, निगम र विभागबाट एकएक जना फोकल पर्सन तोकेर सुरक्षा निकायसहितको टोलीलाई अनुगमनका लागि तैनाथ गरिने भएको छ ।




