काठमाडौं, ०१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्।
प्रधानमन्त्री ओलीले संसारभरि छरिएर रहेका पूरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो। तर यस नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्नुपरेका उनले बताएका छन् ।
प्रधानमन्त्रीले भने, ”सिंगो विश्व आज कोरोनाको महामारीबाट आक्रान्त छ । यस महामारीले हाम्रो नेपाललाई पनि छोएको छ । संसारभर छरिएर रहेका कतिपयको आफन्ताहरुलाई कोरोनाले संक्रमित तुल्याएको छ भने केहीलाई खोसिएको छ ।”

यो अवस्थामा प्रधानमन्त्री आफूले भारी मनले नयाँ वर्षलाई स्वागत गर्नुपरेको बताएका छन् । उनले सबै स्वदेश विदेशभा भएका नागरिकलाई सुरक्षित रहन भनेका छन्।
यो परिस्थितिको सहज भएका भए अहिले आर्थिक समृद्धिका कुरा, पर्यटन वर्षका कुरा गरिरहेको हुने प्रधानमन्त्रीले बताए ।
हरेक अप्ठ्यारो परिस्थितिमा मानिस आत्तिने भए पनि यो परिस्थितिलाई संयम भएर सामना गर्न उनले भनेका छन्।
अन्यौल र विचलित नभइ नआत्तालिन प्रधानमन्त्रीले आग्रह गरेका छन्।




