advertisement

ज्यो सुवेदीले भन्नुभयो, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर  डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत सुरु हुन्छ । त्यसकारण यो संवतबारे कुनै अन्योल पालिरहनु पर्दैन ।”

" /> आजदेखि नेपाली नयाँ वर्ष २०७७ सुरु - Sarbocha Media

आजदेखि नेपाली नयाँ वर्ष २०७७ सुरु

`

     २०७७ वैशाख ०१ गते २:१५

काठमाडौं, ०१ बैशाख । आजदेखि नेपाली नयाँ वर्ष २०७७ सुरु भएको छ । नेपालको मौलिक संवतमानिने विक्रम संवतको आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् ।

सरकारी कामकाजमा विसं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवतको आरम्भ हुन्छ । यो संवतका आरम्भकर्ता विक्रामादित्य हुनुहुन्छ ।

ज्योतिष पं. दीपक सुवेदीले यो संम्वत सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेकाले बताउनुभयो । उहाँले आफ्नो पहिचान बोकेको संवततलाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताउनुभयो ।

advertisement

ज्यो सुवेदीले भन्नुभयो, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर  डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत सुरु हुन्छ । त्यसकारण यो संवतबारे कुनै अन्योल पालिरहनु पर्दैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?