काठमाडौं, ०१ बैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या १ लाख १४ हजार २०८ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १८ लाख ५२ हजार ६ सय २९ जना पुगेको छ । हालसम्म ४ लाख २३ हजार ४०० जना निको भइसकेका छन् ।
संयुक्तराज्य अमेरिकामा ५ लाख ६०हजार ४०२ कुल सङ्क्रमित भएका छन् भने, २२ हजार १०५ को ज्यान गइसकेको छ । यसैबीच ३२ हजार ६३४ निको भएर फर्किएका छन् ।
यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख ५६ हजार ३६३ कुल सङ्क्रमित भएका छन् भने, १९ हजार ८ सय ९९ को ज्यान गइसकेको छ । यसैबीच ३४ हजार २११ जना निको भएर फर्किएका छन् ।
यता स्पेनमा १ लाख ६६ हजार ८३१ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार २०९ जनाको ज्यान गइसकेको छ । यसैबीच ६२ हजार ३९१ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा १ लाख ३२ हजार ५९१ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ३९३ को मृत्यु भएको छ । यसैबीच २७ हजार १८६ निको भएर फर्किएका छन् ।
चीनमा ८२ हजार १६० कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३४१को मृत्यु भएको छ । यसैबीच ७७ हजार ६६३ निको भएर फर्किएका छन् ।
इरानमा ७१ हजार ६८६ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ४७४ को मृत्यु भएको छ । यसैबीच ४३ हजार ८९४निको भएर फर्किएका छन् ।
बेलायतमा ८४ हजार २७८ कुल सङ्क्रमित भएका छन् भने, १० हजार ६१२ को मृत्यु भएको छ । यसैबीच ३४४ निको भएर फर्किएका छन् ।
टर्किमा ५६ हजार ९५६ मा संक्रमण देखिएको छ भने १ हजार १९८ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३ हजा ४४६ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।
कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ११ जना उपचाररत छन् ।




