वीरगञ्ज, ३० चैत। वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना देखिएको छ ।
पर्साको वीरगञ्जमा भारतीय ती तीन जना नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएको छ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।
संक्रमित १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।




