काठमाडौं, ३० चैत । कोरोनाको संक्रमणबाट भारतमा २ सय ८८ जनाको ज्यान गएको छ ।
शनिबार एकैदिन भारतमा ३९ जनाको ज्यान गएको आएको आएको छ भने ८ सय ४६ जना संक्रमित भएका छन् । हालसम्म कोरोनाको कुल संक्रमित संख्या ८ हजार ४४६ पुगेको छ ।
शुक्रबार एक दिनमा ८७५ जनामा नयाँ संक्रमण देखिएको थियो । शुक्रबार त्यहाँ २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए भने बिहीबार ४९ जनाको मृत्यु भएको थियो ।

भारतमा हाल ९६९ जना उपचारपछि निको भएको वल्र्डोमिटर्सको तथ्यांकले देखाएको छ । हाल ७ हजार १८९ जनामा कोरोना सक्रिय भएको जनाइएको छ ।




