काठमाडौं, ३० चैत । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या १ लाख ८ हजार ८१९ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १७ लाख ८० हजार २ सय ३९ जना पुगेको छ । हालसम्म ४ लाख ३ हजार ९०४ जना निको भइसकेका छन् ।
संयुक्तराज्य अमेरिकामा ५ लाख ३२ हजार ८७९ कुल सङ्क्रमित भएका छन् भने, २० हजार ५७७ को ज्यान गइसकेको छ । यसैबीच ३० हजार ४५निको भएर फर्किएका छन् ।
यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख ५२ हजार २७१ कुल सङ्क्रमित भएका छन् भने, १९ हजार ४ सय ६८ को ज्यान गइसकेको छ । यसैबीच ३२ हजार ५३४ जना निको भएर फर्किएका छन् ।
यता स्पेनमा १ लाख ६३ हजार २७ कुल सङ्क्रमित भएका छन् भने, १६ हजार ६०६ जनाको ज्यान गइसकेको छ । यसैबीच ५९ हजार १०९ जना निको भएर फर्किएका छन् ।
फ्रान्समा १ लाख २९ हजार ६५४ कुल सङ्क्रमित भएका छन् भने, १३ हजार ८३२ को मृत्यु भएको छ । यसैबीच २६ हजार ३९१ निको भएर फर्किएका छन् ।
चीनमा ८२ हजार ५२ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३९ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ५७५ निको भएर फर्किएका छन् ।
इरानमा ७० हजार २९ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ३५७ को मृत्यु भएको छ । यसैबीच ४१ हजार ९४७ निको भएर फर्किएका छन् ।
बेलायतमा ७८ हजार ९९१ कुल सङ्क्रमित भएका छन् भने, ९ हजार ८७५ को मृत्यु भएको छ । यसैबीच ३४४ निको भएर फर्किएका छन् ।
त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।
कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।




