काठमाडौं, २९ चैत । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या १ लाख २ हजार ६९६ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १६ लाख ९८ हजार ३ सय २३ जना पुगेको छ । हालसम्म ३ लाख ७६ हजार २५४ जना निको भइसकेका छन् ।
संयुक्तराज्य अमेरिकामा ५ लाख २ हजार २१८ कुल सङ्क्रमित भएका छन् भने, १८ हजार ७२५ को ज्यान गइसकेको छ । यसैबीच २७ हजार ३१४ निको भएर फर्किएका छन् ।
यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख ४७ हजार ५७७ कुल सङ्क्रमित भएका छन् भने, १८ हजार ८ सय ४९ को ज्यान गइसकेको छ । यसैबीच ३० हजार ४५५जना निको भएर फर्किएका छन् ।
यता स्पेनमा १ लाख ५८ हजार २७३ कुल सङ्क्रमित भएका छन् भने, १६ हजार ८१ जनाको ज्यान गइसकेको छ । यसैबीच ५५ हजार ६६८जना निको भएर फर्किएका छन् ।
फ्रान्समा १ लाख २४ हजार ८६९ कुल सङ्क्रमित भएका छन् भने, १३ हजार १९७को मृत्यु भएको छ । यसैबीच २१ हजार २५४ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ९५३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३९ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ५२५ निको भएर फर्किएका छन् ।
इरानमा ६८ हजार १९२ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार २३२ को मृत्यु भएको छ । यसैबीच ३५ हजार ४६५निको भएर फर्किएका छन् ।

बेलायतमा ७३ हजार ७५८ कुल सङ्क्रमित भएका छन् भने, ८ हजार ९५८ को मृत्यु भएको छ । यसैबीच ३४४ निको भएर फर्किएका छन् ।
त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।
कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।




