एजेन्सी, २७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल १४ पछि पनि लकडाउन बढ्ने बताएका छन् । उनले भारतमा जारी लकडाउन तत्कालै नहट्ने भन्दै अझै थप गर्ने बताएका हुन् ।
भातमा कोरोना तीव्र गतिमा फैलिदै गएपछि मोदीले भिडियो कन्फरेन्समार्फत विपक्षी दलका शीर्ष नेताहरूसँग कुराकानीमा अप्रिल १४ पछि पनि लकडाउन बढ्ने बताए ।
भारतमा हाल २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ । भारतमा आज लकडाउनको १६ औँ दिन हो ।




