सिन्धुपाल्चोक, २७ चैत । तातोपानी नाक सञ्चालनमा आएको छ।
कोरोना भाइरसको संक्रमण भित्रने जोखिमको कारण बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी पुनः सञ्चालनमा ल्याएको हो । सो नाका माघ १३ गतेदेखि बन्द थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमअनुसार ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको जनाइएको छ।

तातोपानी नाका खुलेपछि पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन्।




