advertisement

घेब्रेससले विश्वका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताउँदै मानिसलाई कोरोना संक्रमणको मृत्युबाट बचाउन लाग्नुपर्ने बताए ।

" /> अमेरिकी राष्ट्रपति ट्रम्पलाई डब्ल्यूएचओको जवाफ : कोरोना महामारीमाथि राजनीति नगर - Sarbocha Media

अमेरिकी राष्ट्रपति ट्रम्पलाई डब्ल्यूएचओको जवाफ : कोरोना महामारीमाथि राजनीति नगर

`

     २०७६ चैत्र २७ गते ४:०२

काठमाडौं २७ चैत । विश्व स्वास्थ्य संगठनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काको छ ।

गत मंगलबार ट्रम्पले डब्ल्यूएचओले चीनलाई समर्थन गरेको आरोप लगाएपछि त्यसको जवाफमा बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले कोरोना भाइरसको महामारीलाई राजनीतिकरणमा नलैजान अपिल गरेका छन ।

घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् । उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको ज्यान जान सक्ने चेतावनी पनि दिएका छन् ।

यो भन्दा अगाडि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओको आलोचना गरेका थिए । उनले डब्ल्यूएचओलाई दिँदै आएको कोष पनि रोक्ने चेतावनी दिएका थिए ।

advertisement

घेब्रेससले विश्वका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताउँदै मानिसलाई कोरोना संक्रमणको मृत्युबाट बचाउन लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?