काठमाडौँ, चैत २७ । आजदेखि कालीमाटी तरकारी तथा फलफूल बजार बन्द हुने भएको छ । कालीमाट अब लकडाउनको समयभर बन्द गर्ने भएको हो ।
कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड भाड नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाले बजार बन्द गर्ने निर्णय लिएको जनाएको छ ।
महानगरपालिकाले लकडाउनको अवधिभरका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ ।

महानगरपालिकाले उपलब्ध गराउने तरकारी बिक्रीका लागि आवश्यक ११ स्थानहरु काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायत रहने छन् ।




