advertisement

हालसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ५ पुगेको छ। यसअघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण ज्यान गएको थियो।

अहिले सम्म बेलातभरी ६० हजार ७ हजार ३३ संक्रमित पुगेका छन् भने ७ सय ९७ ले ज्यान गुुमाइसकेका छन् ।

" /> बेलायतमा कोरोनाबाट फेरि तीन नेपालीले ज्यान गुमाए - Sarbocha Media

बेलायतमा कोरोनाबाट फेरि तीन नेपालीले ज्यान गुमाए

`

     २०७६ चैत्र २७ गते १२:५८

एजेन्स, २७ चैत । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट फेरि तीन नेपालीको ज्यान गएको छ।

ज्यान गुमाएका नेपालीहरु ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङ, अन्दाजी ७७वर्षका एक जना र अर्का ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये दुई जनाको बुधबार र अर्का एकको मंगलबार मृत्यु भएको हो।

लण्डनको ह्यारोमा बस्दै आएका गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको जनाइएको छ । उनी १ साताअघि अस्पताल भर्ना भएका थिए।

नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको बताइएको छ । बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ।

advertisement

हालसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ५ पुगेको छ। यसअघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण ज्यान गएको थियो।

अहिले सम्म बेलातभरी ६० हजार ७ हजार ३३ संक्रमित पुगेका छन् भने ७ सय ९७ ले ज्यान गुुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?