एजेन्सी, २६ चैत । अब घरपालुवा जनवहरुलाई पनि घर भन्दा बाहिर छोड्न नमिल्ने भएको छ ।
केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिननलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिरालो, कुकुर लगायतका जनवारहरु घरभित्रै राख्न सुझाव दिएका छन्।
पछिल्लो समय दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्।

भरखरै न्यूयोर्कको ब्रोङ्क्स चिडियाखानाको बाघमा त्यसको स्याहार गर्ने मानिसबाटै कोरोनाभाइरस सरेको पाइएको थियो।




