काठमाडौं, २५ चैत । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ८२ हजार २५ पुगेको छ ।
वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १४ लाख ३० हजार ५सय ९० जना पुगेको छ ।
चीनको हुवे प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ हिजो मंगलाबार भने एक जनाको पनि ज्यान गएन । जसको कारण बुधबार वुहानको लकडाउन खुलेको छ ।
यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख ३५ हजार ५८६ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार १सय २७ को ज्यान गइसकेको छ । यसैबीच २४ हजार ३९२ जना निको भएर फर्किएका छन् ।
यता स्पेनमा १ लाख ४१ हजार ९४२ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ४५ जनाको ज्यान गइसकेको छ । यसैबीच ४३हजार २०९८ जना निको भएर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा ४ लाख ३३५ कुल सङ्क्रमित भएका छन् भने, १२ हजार ८४१ को ज्यान गइसकेको छ । यसैबीच २१ हजार ६७४निको भएर फर्किएका छन् ।
फ्रान्समा १हजार ९ ६९ कुल सङ्क्रमित भएका छन् भने, १० हजार ३२८ को मृत्यु भएको छ । यसैबीच १९ हजार ३३७ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ८०२ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३३ को मृत्यु भएको छ । यसैबीच ७७ हजार २७९ निको भएर फर्किएका छन् ।
इरानमा ६२ हजार ५८९ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ८७२ को मृत्यु भएको छ । यसैबीच २७ हजार ३९ निको भएर फर्किएका छन् ।
बेलायतमा ५५हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार १५९ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।
कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।




