advertisement

कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए।गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो।

सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।

" /> कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान सहरमा लकडाउन हटाइयो - Sarbocha Media

कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान सहरमा लकडाउन हटाइयो

`

     २०७६ चैत्र २६ गते १२:५१

काठमाडौं, २६ चैत । कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान सहरमा लकडाउन हटाइएको छ।

मङ्गलबार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि वुहानमा लकडाउन हटाइएको हो। चीनका अन्य क्षेत्रमा भने लकडाउन जारी नै रहेको जनाइएको छ ।

त्यस्तै स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा हरियो कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।

advertisement

कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए।गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो।

सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?