कोही भोकै नपरोस्, कसैको पनि संकटमा जागिर नगुमोस् : प्रधानमन्त्री ओली

`

     २०७६ चैत्र २५ गते ६:०५

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताए।

दुइ सातादेखिको लकडाउनले सबै सकसमा छौ प्रधानमन्त्री ओलीले भने , ‘अहिलेसम्म ९ जना मात्र संक्रमित देखिुन सकारात्मक छ ।’ थप सावधानी नपनाए दुःखद घडीको सामना गर्नु पर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि देशभर ३० हजार ५६६ क्वारेन्टाइनको स्थापना गरिएको जानकारी दिनुभयो । हाल ९ हजार १६८ जनालाइ क्वारेन्टाइनमा राखिएको र ३ हजार २५९ आइसोलेसन बेड तयार रहेको पनि बताए ।

‘प्रधानमन्त्री ओलीले अहिले हजारौं जनाको कोरोना भाइरस परीक्षणको तयारी अगाडि बढाएको पनि बताउनुभयो । उनले सातै प्रदेशमा पिपिइ १,०४८ थान, गाउन ११ हजार ८१९ थान, एन ९५ मास्क १२ हजार ३४५ थान र मास्क ५ लाख ५६ हजार २६१ थान व्यवस्था गरिएको पनि जानकारी दिए ।

कोही श्रमिक भोकै पर्नुनपरोस्, कसैको पनि संकटमा जागिर नगुमोस् भनेर सरकार चिन्तित रहेको प्रधामन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?