advertisement

उत्तर कोरियाले प्रारम्भिक चरनमा देशमा छिरेका सबैलाई क्वारेन्टाइन राख्ने, वैज्ञानिक उपायहरुको अपनाउने, सबै सामग्रीहरुलाई पूर्ण रुपमा कीटाणुनाशक औषधिकोे प्रयोग गर्नुको साथै सबै सीमानाकाहरु बन्द गर्ने र समुद्री र हवाई लेनहरुलाई प्रतिबन्ध लगाएकै कारण कोरोना संक्रमित नभएको अधिकारीहरु बताउँछन् ।

अमेरिकाका सेनाका कमान्डर जनरल रोर्बट अबराम्सले दक्षिण कोरियामा भने, “उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण नभएको भनेको उक्त दाबी गलत हो । यद्यपि उत्तर कोरियामा भाइरस संक्रमितको संख्या कति छ ? भनेर भन्न नसकिने उनले बताए ।

" /> एक जना पनि कोरोना संक्रमित छैन भन्ने उत्तर कोरियाको दाबी गलत हो : अमेरिकी सैन्य कमाण्डर - Sarbocha Media

एक जना पनि कोरोना संक्रमित छैन भन्ने उत्तर कोरियाको दाबी गलत हो : अमेरिकी सैन्य कमाण्डर

`

     २०७६ चैत्र २५ गते ३:३१

काठमाडौं, २५ चैत । उत्तर कोरियाल आफ्नो देशका एक जना पनि कोरोना अर्थात कोभिड १९ भाइरसको संक्रमित नभएको दाबी गरेको छ ।

उत्तर कोरियामा कडाइका साथ भाइरसको चेकजाँच र कोरियासंग जोडिएका बोर्डरहरु बन्द गरेको कारण कोरोनाको संक्रमण फैलिन नपाएको जनाइएको छ । तर अमेरिकाका सैन्य कमाण्डरले भने उक्त विषयको खण्डन गरेका छन् ।

उनले उत्तर कोरियाले दाबी गरेकोबारे झुट्टो रहेको बताएका छन् । उत्तर कोरियाका एक विशेषज्ञले बीबीसीलाई भनेका छन्, त्यहाँ केही केशहरु थिए तर सम्भावितरुपमा व्यापक भने  थिएन।

advertisement

उत्तर कोरियाले प्रारम्भिक चरनमा देशमा छिरेका सबैलाई क्वारेन्टाइन राख्ने, वैज्ञानिक उपायहरुको अपनाउने, सबै सामग्रीहरुलाई पूर्ण रुपमा कीटाणुनाशक औषधिकोे प्रयोग गर्नुको साथै सबै सीमानाकाहरु बन्द गर्ने र समुद्री र हवाई लेनहरुलाई प्रतिबन्ध लगाएकै कारण कोरोना संक्रमित नभएको अधिकारीहरु बताउँछन् ।

अमेरिकाका सेनाका कमान्डर जनरल रोर्बट अबराम्सले दक्षिण कोरियामा भने, “उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण नभएको भनेको उक्त दाबी गलत हो । यद्यपि उत्तर कोरियामा भाइरस संक्रमितको संख्या कति छ ? भनेर भन्न नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?