advertisement

वैज्ञानिकहरुले खासगरी कसरी आद्रता, तापक्रम तथा परावैजनी किरणहरुले रोगलाई प्रभाव पार्ने तथा भाइसरहरु भिन्न भिन्न सतह (स्टिलमा पनि) कति समयस्म रहन्छ भन्नेबारेमा पनि सोचिरहेको छ । संगठनले स्वास्थ्कर्मीहरुलाई एन–९५ मास्क नै लगाउन भनेको सुभाव दिएको छ ।

" /> हावामा पनि कोरोना हुने हुँदा सतर्कता अपनाउन डब्लुएचओको आग्रह - Sarbocha Media

हावामा पनि कोरोना हुने हुँदा सतर्कता अपनाउन डब्लुएचओको आग्रह

`

     २०७६ चैत्र २५ गते २:४७

काठमाडौं, २५ चैत । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ हावामा पनि बाँच्न सक्ने हुँदा यसबाट जोगिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिकीत्सकहरुलाई हवाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

कोरोना संक्रमितले हाछ्यौं गर्दा, खोक्दा पानिका स–साना थोपाहरु बाहिर हावामा जाने र हावामा पनि भाइरस जिवित हुन सक्ने संगठनको एक अध्ययनले पत्ता लगाएको छ । हाछ्यौ गर्दा, खोक्दा कोरोना भाइरस सर्ने हुँदा न्युयोकको एक सिटीमा एक पुरुष अरुको अगाडि खोक्दा जेल समेत परेका छन् । ती पुरुषले अरु मानिसको अगाडि खोकेको थियो । यो समयमा विश्वभर अरुको अगाडि खोकेमा कानूनी कार्वाहीनै हुने जनइएको छ।

त्यसरी खोक्दा अथवा हछ्यौं गर्दा अरुमा कोरोना सर्ने र हवामा पनि बाँच्न सक्ने अनुसन्धानबाट पत्ता लाग्ने वितिकै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विशेष सतर्कता अपनाउन डब्लु एचओले अनुरोध गरेको हो । कोरोना भाइरस हावायुक्त पनि हुने देखिएको, यद्यपि यो कुरा उक्त स्थानको तापमान तथा आद्रतामा निर्भर रहने संगठनका अधिकारीहरुले बताएको छ ।

यो नयाँ रहस्य केही दिन अगाडि पत्ता लागेको हो । पत्तता लागेको केही घण्टापछि भर्चुअल पत्रकार सम्मेलनमा गरी सो बारेमा बताइएको छ।कोरोना भाइरुस मौसम अनुसार हुने पनि अधिकारीहरु बताउँदै आएको छ तर यो भने मौसमी विरामी जस्तो भने नभएको वैज्ञानिकरु बताउछन् । स्वास्थ्कर्मीहरु थप चनाखो हुनु पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

advertisement

वैज्ञानिकहरुले खासगरी कसरी आद्रता, तापक्रम तथा परावैजनी किरणहरुले रोगलाई प्रभाव पार्ने तथा भाइसरहरु भिन्न भिन्न सतह (स्टिलमा पनि) कति समयस्म रहन्छ भन्नेबारेमा पनि सोचिरहेको छ । संगठनले स्वास्थ्कर्मीहरुलाई एन–९५ मास्क नै लगाउन भनेको सुभाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?