advertisement

चीनमा ८१ हजार ७०८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३१को मृत्यु भएको छ । यसैबीच ७७ हजार ७८ निको भएर फर्किएका छन् ।

इरानमा ६० हजार ५०० कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ७३९ को मृत्यु भएको छ । यसैबीच २४ हजार २३६ निको भएर फर्किएका छन् ।

बेलायतमा ५१ हजार ६०८ कुल सङ्क्रमित भएका छन् भने, ५ हजार ३७३ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।

कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।

" /> कोरोनाबाट विश्वभरी ज्यान गुमाउनेको सङ्ख्या ७४ हजार ६४४, संक्रमित १३ लाख नाघ्यो - Sarbocha Media

कोरोनाबाट विश्वभरी ज्यान गुमाउनेको सङ्ख्या ७४ हजार ६४४, संक्रमित १३ लाख नाघ्यो

`

     २०७६ चैत्र २५ गते १२:३६

काठमाडौं, २५ चैत । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ७४ हजार ६४४ पुगेको छ ।

वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १३ लाख ५४ हजार ६सय ५३ जना पुगेको छ ।

चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख ३२ हजार ५४७ कुल सङ्क्रमित भएका छन् भने, १६ हजार ५ सय २३को ज्यान गइसकेको छ । यसैबीच २२ हजार ८३७ जना निको भएर फर्किएका छन् ।

यता स्पेनमा १ लाख ३६ हजार ६७५ कुल सङ्क्रमित भएका छन् भने, १३ हजार ३ सय ४१ जनाको ज्यान गइसकेको छ । यसैबीच ४० हजार ४३७ जना निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा ३ लाख ६६ हजार ९०६ कुल सङ्क्रमित भएका छन् भने, १० हजार ८६८को ज्यान गइसकेको छ । यसैबीच १९ हजार ६५६निको भएर फर्किएका छन् ।

फ्रान्समा ९८ हजार १० कुल सङ्क्रमित भएका छन् भने, ८ हजार ९११ को मृत्यु भएको छ । यसैबीच १७ हजार २५० निको भएर फर्किएका छन् ।

advertisement

चीनमा ८१ हजार ७०८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३१को मृत्यु भएको छ । यसैबीच ७७ हजार ७८ निको भएर फर्किएका छन् ।

इरानमा ६० हजार ५०० कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ७३९ को मृत्यु भएको छ । यसैबीच २४ हजार २३६ निको भएर फर्किएका छन् ।

बेलायतमा ५१ हजार ६०८ कुल सङ्क्रमित भएका छन् भने, ५ हजार ३७३ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।

कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?