काठमाडौं, २४ चैत । प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ४५६ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १२ लाख ७३ हजार ७ सय ९ जना पुगेको छ ।
चीनको हुवे प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।
यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख २८ हजार ९४८कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ८ सय ८८ को ज्यान गइसकेको छ। यसैबीच २१ हजार ८१५ जना निको भएर फर्किएका छन् ।
यता स्पेनमा १ लाख ३१ हजार ६८६ कुल सङ्क्रमित भएका छन् भने, १२ हजार ६ सय ४१ जनाको ज्यान गइसकेको छ । यसैबीच ३८ हजार ८० जना निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा ३ लाख ३६ हजार ८३० कुल सङ्क्रमित भएका छन् भने, ९ हजार ६१८ को ज्यान गइसकेको छ । यसैबीच १७ हजार ९७७ निको भएर फर्किएका छन् ।
फ्रान्समा ९२ हजार ८३४ कुल सङ्क्रमित भएका छन् भने, ८ हजार ७८ को मृत्यु भएको छ । यसैबीच १६ हजार १८३ निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ७०८ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३३३१को मृत्यु भएको छ । यसैबीच ७७ हजार०७८निको भएर फर्किएका छन् ।
इरानमा ५८ हजार २२६ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ६०३ को मृत्यु भएको छ । यसैबीच १९ हजार ७३६ निको भएर फर्किएका छन् । बेलायतमा ४७ हजार ८०६ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ९३४ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् । कोभिड १९ को संक्रमणबाट हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।




