काठमाडौं, २४ चैत । कोरोना भाइरसको संक्रमणबाट जर्मनीमा ५८४ जनाले ज्यान गुमाएका छन् , भने संक्रमितको संख्या एक लाख नाघेको छ ।
जर्मनीमा संक्रमितको संख्या एक लाख १२३ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ। त्यस्तै २८ हजार सात सय संक्रमित निको भएको जनाइएको छ ।
आइतबार मात्र जर्मनीमा चार हजारभन्दा धेरै संक्रमित थपिएको थियो ।




