advertisement

यता स्पेनमा १ लाख २६ हजार १६८ कुल सङ्क्रमित भएका छन् भने, ११ हजार ९सय ४७ जनाको ज्यान गइसकेको छ । यसैबीच ३४ हजार २१९ जना निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा ३ लाख १० हजार २८६ कुल सङ्क्रमित भएका छन् भने, ८ हजार ४४९ को ज्यान गइसकेको छ । यसैबीच १४ हजार ७४१ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा ८९ हजार ९५३ कुल सङ्क्रमित भएका छन् भने,७ हजार ५६० को मृत्यु भएको छ । यसैबीच १५ हजार ४३८ जना निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ६३९ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२६ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ७५५निको भएर फर्किएका छन् ।

इरानमा ५५ हजार ७४३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ४५२ को मृत्यु भएको छ । यसैबीच १९हजार ७२६ निको भएर फर्किएका छन् । बेलायतमा ४१ हजार ९०३ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ३१३ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् । कोभिड १९ को संक्रमणबाट हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।

" /> कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१ हजार नाघ्यो, संक्रमित १२ लाख ३७२ - Sarbocha Media

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१ हजार नाघ्यो, संक्रमित १२ लाख ३७२

`

     २०७६ चैत्र २३ गते १२:३८

काठमाडौं, २३ चैत । प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार ६७२ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १२ लाख ३७२ जना पुगेको छ ।

चीनको हुवे प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख २४ हजार ६३२ कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ३ सय ६२ को ज्यान गइसकेको छ । यसैबीच २० हजार ९९६ जना निको भएर फर्किएका छन् ।

advertisement

यता स्पेनमा १ लाख २६ हजार १६८ कुल सङ्क्रमित भएका छन् भने, ११ हजार ९सय ४७ जनाको ज्यान गइसकेको छ । यसैबीच ३४ हजार २१९ जना निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा ३ लाख १० हजार २८६ कुल सङ्क्रमित भएका छन् भने, ८ हजार ४४९ को ज्यान गइसकेको छ । यसैबीच १४ हजार ७४१ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा ८९ हजार ९५३ कुल सङ्क्रमित भएका छन् भने,७ हजार ५६० को मृत्यु भएको छ । यसैबीच १५ हजार ४३८ जना निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ६३९ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२६ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ७५५निको भएर फर्किएका छन् ।

इरानमा ५५ हजार ७४३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ४५२ को मृत्यु भएको छ । यसैबीच १९हजार ७२६ निको भएर फर्किएका छन् । बेलायतमा ४१ हजार ९०३ कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ३१३ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् । कोभिड १९ को संक्रमणबाट हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?