मोरङ, २२ चैत । प्रहरीले भिडियो खिचेको भन्दै एक युवकलाई लाठी प्रहार गरेको छ। घरमाथि बसेर इन्टरनेट चलाइरहेको बेला उनीमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।
पथरी शनिश्चरे नगरपालिका ५ का रोहन साह प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्। प्रहरीले शुक्रबार हसन्दहका साहलाई घरबाटै घिसारेर ५ सय पटक उठबस गर्न लगाउनुको साथै लाठी बर्साएको बताइएको छ ।

साह हाल पथरीको मोरङ हस्पिटल प्रालिमा उपचाररत छन्।




