एजेन्सी, २२ चैत । अमेरिकामाथि दुई लाख बटा मास्क चोरिएको आरोप लागेको छ ।
जर्मनी लैजान ठिक्क पारिएका दुई लाख बटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि (आधुनिक डकैती) को आरोप लागेको हो ।
बीबीसीका अनुसार बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ।

बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क गन्तव्य नपुगेको जनाइएको छ । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताइएको छ ।




