विराटनगर २२चैत । मोरङमा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ। लकडाउ’ उलंघन रोक्न खोज्दा नेतामाथि छुरा प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको छ ।
लकडाउनको समयमा सवारी साधन कुदाउने, हिँडडुल गर्ने क्रम बढेपछि तामाङले सडकमा बाँस तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको जनाइएको छ।

उक्तबारे स्थानीय २८ वर्षीय मादक पदार्थ सेवन गरेका विजय लिम्बूले छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको बताइएको छ ।
छुरा प्रहारबाट बायाँ छात्तीमा गहिरो चोट लागेको तामाङको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।




