काठमाडौं, २२ चैत । प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार १४१ पुगेको छ ।वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १० लाख ९८ हजार २ जना पुगेको छ ।
चीनको हुवे प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।
यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख १९ हजार ८२७ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ६ सय ८१ को ज्यान गइसकेको छ । यसैबीच १९ हजार ७५८ जना निको भएर फर्किएका छन् ।
यता स्पेनमा १ लाख १९ हजार १९९ कुल सङ्क्रमित भएका छन् भने, ११ हजार १ सय ९८ जनाको ज्यान गइसकेको छ । यसैबीच ३० हजार ५१३ जना निको भएर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा २ लाख ७७ हजार १५७ कुल सङ्क्रमित भएका छन् भने, ७ हजार ३९२ को ज्यान गइसकेको छ । यसैबीच ११ हजार ९४१ निको भएर फर्किएका छन् ।
फ्रान्समा ६४ हजार ३३८ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार ५०७ को मृत्यु भएको छ । यसैबीच १४ हजार ८ निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् ।

इरानमा ५३ हजार १८३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार २९४ को मृत्यु भएको छ । यसैबीच १७ हजार ९३५ निको भएर फर्किएका छन् । बेलायतमा ३८ हजार १६८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ६०५ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।कोभिड १९ को संक्रमणबाट हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने पाँच जना उपचाररत छन् ।




