advertisement

तर, सबैले आफ्नो परिचयपत्र बोक्नुपर्नेछ। खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन्।

" /> काठमाडौं जिल्ला प्रशासनले रोक्यो पास वितरण, अत्यावश्‍यक सेवालाई पास नचाहिने - Sarbocha Media

काठमाडौं जिल्ला प्रशासनले रोक्यो पास वितरण, अत्यावश्‍यक सेवालाई पास नचाहिने

`

     २०७६ चैत्र २० गते ८:३७

काठमाडौं, २० चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारबाट सवारीसाधनलाई पास वितरण नगर्ने भएको छ। सवारी पासको लागि कार्यालयमा अत्यधिक भिड बढेकोले सवारीसाधनको पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले कोभिड-१९ को संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनहरूलाई पास वितरण गर्दै आएको थियो। भिडभाडबाट कोरोना संक्रमणको जोखिम बढ्नुका साथै पासको दुरुपयोगसमेत गरिएकोले बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

अत्यावश्‍यक सेवालाई पास नचाहिने

उनका अनुसार अत्यावश्यक सेवा तथा सामग्रीहरुको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ। जसमा एम्बुलेन्सहरु, औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स तथा कर्मचारीहरुलाई बोकेका सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ।

advertisement

तर, सबैले आफ्नो परिचयपत्र बोक्नुपर्नेछ। खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?