काठमाडौं, २० चैत । भारतले घोषणा गरेको लकडाउनको समयमा पनि दिल्लीमा मुस्लिमहरुको धार्मिक सभाको आयोजना भयो। उक्त सभामा नेपाली पनि सहभागी भएको खुलेको छ ।
मुस्लिमहरुको धार्मिक सभामा भाग लिएको आशंकमा रौतहटका ११ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका ११ जनालाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

क्वारेन्टाइनमा राखिएका उनीहरु दिल्लीको धार्मिक सभामा सहभागी भएको या नभएकोबारे अनुसन्धान हुने बताइएको छ ।




