advertisement

बेलायतमा पनि बुधबार ५६३ को मृत्यु भएसँगै कुल मृतक संख्या २ हजार ३५२ पुगेको छ । यसैगरी बढी मृत्यु हुनेमा इरान पनि रहेको छ । त्यहाँ बुधबार १३८ को मृत्यु भएसँगै कुल मृतक संख्या ३ हजार ३६ पुगेको छ ।

नेदरल्याण्डमा पनि बुधबार १३४ को मृत्य भएको छ भने कुल मृतक संख्या १ हजार १७३ पुगेको छ । कोभिडको उद्गमस्थल चीनमा पछिल्लो एक दिनमा ७ नयाँ मृत्यु र ३६ नयाँ संक्रमण देखा परेको छ । चीनमा हालसम्म ३ हजार ३१२ को मृत्यु भएको छ ।

" /> विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७ हजार २४५ , संक्रमितको संख्या ९ लाख बढी - Sarbocha Media

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७ हजार २४५ , संक्रमितको संख्या ९ लाख बढी

`

     २०७६ चैत्र २० गते ३:३३

काठमाडौं, २० चैत । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान जानेको संख्या ४७ हजार २ सय ४५ पुगेको छ ।

वल्र्डाेमिटर इन्फोका अनुसार संक्रमित संख्या साढे ९ लाख ३५ हजार ९ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै झण्डै ५ हजारको ज्यान गएको छ।

अमेरिकामा अहिलेसम्म ५ हजार १ सय १० जनाको ज्यान गएको छ भने २ लाख १५ हजार २ सय १५ जना संक्रमित पुगेका छन् । त्यस्तै इटलीमा १३ हजार १ सय ५५ जनाको ज्यान गएको छ भने १ लाख १० हजार ५ सय ७४ जना संक्रमित पुगेको छ ।

हालसम्म स्पेनमा पनि ९ हजार ३ सय ७८ को मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । वल्र्डोमिटर्सका अनुसार १ लाख ४ हजा १ सय १८ जना संक्रमित पुगेका छन् ।

यसैगरी पछिल्लो समय फ्रान्स र बेलायतमा पनि मृत्युदर उच्च देखिएको छ । फ्रान्समा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ, जसमा ५०९ को मृत्यु पछिल्लो एक दिनमा मात्रै भएको हो ।

advertisement

बेलायतमा पनि बुधबार ५६३ को मृत्यु भएसँगै कुल मृतक संख्या २ हजार ३५२ पुगेको छ । यसैगरी बढी मृत्यु हुनेमा इरान पनि रहेको छ । त्यहाँ बुधबार १३८ को मृत्यु भएसँगै कुल मृतक संख्या ३ हजार ३६ पुगेको छ ।

नेदरल्याण्डमा पनि बुधबार १३४ को मृत्य भएको छ भने कुल मृतक संख्या १ हजार १७३ पुगेको छ । कोभिडको उद्गमस्थल चीनमा पछिल्लो एक दिनमा ७ नयाँ मृत्यु र ३६ नयाँ संक्रमण देखा परेको छ । चीनमा हालसम्म ३ हजार ३१२ को मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?