advertisement

बुधबार प्रतिकेजी गोलभेँडा ३८, बन्दा ३३, काउली स्थानीय २२, घिउसिमी २२, सेतो मुला १९ रुपैयाँ थोकमा कारोबार भइरहेको समितिले जनाएको हो । तर खुद्रा बजारमा सो तरकारीको भाउ चार गुनाभन्दा बढी महँगो छ ।

" /> खुद्रा बजारमा तरकारीको भाउ चार गुना भन्दा बढी महँगो - Sarbocha Media

खुद्रा बजारमा तरकारीको भाउ चार गुना भन्दा बढी महँगो

`

     २०७६ चैत्र २० गते २:०५

काठमाडौँ, २० चैत। सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकलाई लकडाउन गरेको छ । लकडाउनको समयमा बजारमा तरकारीको भाउ छोइनसक्नु भएको छ ।

कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु बढेको जनाइएको छ । अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ ५० प्रतिशतसम्म घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ।

advertisement

बुधबार प्रतिकेजी गोलभेँडा ३८, बन्दा ३३, काउली स्थानीय २२, घिउसिमी २२, सेतो मुला १९ रुपैयाँ थोकमा कारोबार भइरहेको समितिले जनाएको हो । तर खुद्रा बजारमा सो तरकारीको भाउ चार गुनाभन्दा बढी महँगो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?