एजेन्सी, १९ चैत । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई साताको समय निकै असहज र चुनौतीपूर्ण हुनेु बताएका छन्।
अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कुरा बताएका हुन् ।

ट्रम्पले अमेरिकामा अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको बताएका छन्।
अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने
ह्वाइटहाउसले जनाएको छ।




