advertisement

सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बताइएको छ। उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

" /> पोर्चुगलमा एउटै फ्ल्याटमा बस्दै आएका एकमा भएको कोरोना संक्रमण अन्य सात जनालाई पनि सर्यो - Sarbocha Media

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्दै आएका एकमा भएको कोरोना संक्रमण अन्य सात जनालाई पनि सर्यो

`

     २०७६ चैत्र १९ गते ५:०८

एजेनसी, १९ चैत । पोर्चुगलमा आठ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ।

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका एउटै फ्ल्याटमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको जनाइएको छ ।

विगत २ हप्तदेखि सात जनामध्य एक जनालाई कोरोना भाइरसको संक्रमण थियो । उनलाई निरन्तर ज्वरो आएको थियो। सात जना सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए।

ज्वरो आएको एक जनाले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार एक जनामा सङ्क्रमण पुष्टि हुनेवित्तिकै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको हो ।

advertisement

सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बताइएको छ। उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?