advertisement

अमेरिकामा पनि मंगलबार मात्रै २ सय ९० भन्दा बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ८ सय ८९पुगेको छ, भने संक्रमितको संख्या एक लाख ८८ हजार पाँच सय २५पुगेको छ ।यसैक्रममा कोरोना संक्रमणका कारण इरान, बेल्जियम, नेदरल्याण्ड्सलगायतका देशहरुमा पनि एकैदिन सयौंले ज्यान गुमाएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन । हालसम्म नेपालमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ, जसमध्ये चारजना उपचाररत छन् भने एक जना उपचारपछि स्वस्थ भइसकेका छन् ।

" /> कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४०,६८२ पुग्यो, संक्रमितको संख्या आठ लाख ५८३७१ - Sarbocha Media

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४०,६८२ पुग्यो, संक्रमितको संख्या आठ लाख ५८३७१

`

     २०७६ चैत्र १९ गते २:०८

काठमाडौं, १९ चैत । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार १ सय ४६ पुगेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्ममा संक्रमितको संख्या आठ लाख ५८ हजार ३ सय ७१ जना पुगेको छ, भने उपचारपछि स्वस्थ हुनेहरुको संख्या १ लाख ७४ हजार तीन सय ५९ पुगेको छ ।

वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार वितेको मंगलबार एक दिनमा मात्र दुई हजार ९ सय १४ जना भन्दा बढीले यस संक्रमणका कारण ज्यान गुमाएका छन् । संक्रमितमध्ये ३२ हजार ८ सय ९८ जनाको अवस्था गम्भीर रहेको छ ।

इटालीमा एकै दिन मंगलबार ८ सय ३७ भन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १२ हजार, ४ सय २८ पुगेको छ । संक्रमितको संख्या १०५,७९२ पुगेको छ ।

त्यस्तै, वितेको २४ घण्टा मंगलबार स्पेनमा पनि ५ सय ५३ भन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ४सय ६४ जना पुगेको छ, भने संक्रमितको संख्या ९५,९२३ पुगेको छ ।

यता यूकेमा पनि मंगलाबार मात्रै ३८१ जना भन्दा बढीको ज्यान गएको छ, भने अहिलेसम्म १ हजार ७ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २५ हजार १ सय ५० पुगेको छ ।

advertisement

अमेरिकामा पनि मंगलबार मात्रै २ सय ९० भन्दा बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ८ सय ८९पुगेको छ, भने संक्रमितको संख्या एक लाख ८८ हजार पाँच सय २५पुगेको छ ।यसैक्रममा कोरोना संक्रमणका कारण इरान, बेल्जियम, नेदरल्याण्ड्सलगायतका देशहरुमा पनि एकैदिन सयौंले ज्यान गुमाएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन । हालसम्म नेपालमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ, जसमध्ये चारजना उपचाररत छन् भने एक जना उपचारपछि स्वस्थ भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?