एजेन्सी, १९ चैत । कोरोना भाइरस सङ्क्रमणको उपचारका लागि एक विशेष उपकरण बनाउने क्रममा एक वैज्ञनिकको नाकमा चुम्बकहरु अट्केको जनाइएको छ ।
अस्ट्रेलियाका एक वैज्ञानिकले आफ्नो आविष्कारु को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल गएका छन् ।
बीबीसीका अनुसार डा। ड्यान्यल रिएर्डन नामका ती खगोलभौतिकशास्त्री मानिसले हात अनुहारनजिक पुर्याउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए। तर उनले सोचे जस्तो भएन।
रिएर्डनकाआविष्कारको उल्टो प्रभाव भएको छ । चुम्बक नजिकै हुँदा आवाज निकाल्न थालेपछि उनी आफू समस्यामा परेको थाहा पाएको बताए । उनी हाँसे र केही बेर काम नगरेको बीबीसीमा खबर छ ।

रिएर्डनले आफ्नो अनुहारमा चुम्बकहरू राख्न थाले। पहिला कानका लोतीमा, त्यसपछि नाकभित्र चुम्बकका मुन्द्राजसरी अडकिएको थियो।
नाकको अर्को प्वालमा चुम्बकहरू राखेपछि समस्या भयो। ती सँगै टाँसिए र नाकेहाडमा चुम्बकहरू अड्किए ।
बाँकी दुइटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउन खोज्दा पनि ती पनि अड्किएको जनाइएको छ ।




