advertisement

अहिलेको स्टिमेटदेखि सबै स्वास्थ्य सामाग्री पहिलाकोभन्दा २० प्रतिशत जति महंगो भएकाे पनि बतए । उनले भने ‘एक हजारको पीपीईलाई ७ हजार पारेको त्यो होइन, एउटा पीपीई १९१९ मा किन्दैछौं । अहिले पनि चाइना सरकारको सहयोगमा केही पीपीईहरु प्राप्त गरेका छौं । त्यसको रेट १३० आरएमबी छ । त्यसलाई ढुवानीसम्म जोड्दा लगभग २५ सय नेपालीमा चाइना सरकारले गरेको डोनेसन हो । त्यत्तिकै गुणस्तरको पीपीई हामीले १९१९ मा हामीले नेपालमा किन्दैछौं । अर्को अतिकति महंगो हामीलाई माक्समा परेको छ । एन ९५ माक्स केही महंगो परेको छ । त्यो अहिले आएकै छैन । त्यसैले नेपाली दाजुभाइ दिदीबहिनीले स्वास्थ्यमन्त्रालयमा यति दिनभित्र पठाइदिन्छु भनेदेखि नेपालबाट प्लेन पठाउनुपर्छ कि के गर्नुपर्छ त्यो गर्न हामी तयार छौं ।’

" /> ‘स्वास्थ्य सामाग्री खरिदमा अनियमितता प्रमाणित भए सार्वजनिक रुपमा झुण्डन तयार छु’ - Sarbocha Media

‘स्वास्थ्य सामाग्री खरिदमा अनियमितता प्रमाणित भए सार्वजनिक रुपमा झुण्डन तयार छु’

`

     २०७६ चैत्र १८ गते १:४६

काठमाडौं, १७ चैत्र । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्रीमा कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन् । अहिलेको भन्दा सस्तोमा कसैले ल्याउन सके टेन्डर नै रद्द गर्ने समेत बताए । श्रेष्ठसँग विवादमा मुछिएको स्वास्थ्य सामाग्री खरिद प्रकरणबारे ऋषि धमलाले एनआरएन रेडियोको नेपाली बहसमा गरेको कुराकानीमा श्रेष्ठ उक्त कुरा बताएका हुन् ।

‘स्वास्थ्य सामाग्री खरिदमा तपाईंले भ्रष्टाचार गर्नुभएको छैन ?’ भन्ने धमलाकाे प्रश्नमा उनले भने- ‘मैले अहिलेसम्म एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, र गर्ने नियत पनि छैन । तपाईंहरुसँग कुनै पनि त्यस्तो प्रमाण छ भने सर्वाजनिक रुपमै झुन्डिन तयार छु । अहिले असाध्यै विसम परिस्थितिको बेलामा हामीले साधानहरु ल्याएका छौं । यो सामान कुनै अस्पतालमा छैन । अहिले संसारमा महामारी पैmलिएको नेपालमा पनि विरामीको संख्या बढ्यो, त्यति बेला सामान अभावका कारण स्वास्थ्यकर्मीले बिरामी हेरेनन् भने के हुन्छ ? यसैलाई मध्येनजर गरेर हामीले पहिलादेखि सामान किन्न खोजेका हौं । अहिले पनि हामीले जुन मात्रामा किन्न खोजेका हौं, त्यो अभैm परिपूर्ति गर्न सकेका छैनौं । त्यसकारण कैसैले च्यालेन्ज गरेर म उपलब्ध गराउँछु भन्छ भने अहिलेसम्म यो सामानको एक रुपैयाँ पनि भुक्तानी गरिएको छैन । त्यसलाई आजै क्यान्सिल गर्न सकिन्छ । उहाँहरुले के गर्न सक्नुहुन्छ, म सहयोग लिन चाहन्छु ।’

advertisement

अहिलेको स्टिमेटदेखि सबै स्वास्थ्य सामाग्री पहिलाकोभन्दा २० प्रतिशत जति महंगो भएकाे पनि बतए । उनले भने ‘एक हजारको पीपीईलाई ७ हजार पारेको त्यो होइन, एउटा पीपीई १९१९ मा किन्दैछौं । अहिले पनि चाइना सरकारको सहयोगमा केही पीपीईहरु प्राप्त गरेका छौं । त्यसको रेट १३० आरएमबी छ । त्यसलाई ढुवानीसम्म जोड्दा लगभग २५ सय नेपालीमा चाइना सरकारले गरेको डोनेसन हो । त्यत्तिकै गुणस्तरको पीपीई हामीले १९१९ मा हामीले नेपालमा किन्दैछौं । अर्को अतिकति महंगो हामीलाई माक्समा परेको छ । एन ९५ माक्स केही महंगो परेको छ । त्यो अहिले आएकै छैन । त्यसैले नेपाली दाजुभाइ दिदीबहिनीले स्वास्थ्यमन्त्रालयमा यति दिनभित्र पठाइदिन्छु भनेदेखि नेपालबाट प्लेन पठाउनुपर्छ कि के गर्नुपर्छ त्यो गर्न हामी तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?