advertisement

चक्कुर गुलेली प्रहार गर्ने सुदीप क्षेत्री हुन् । उनको मानसिक रोगी रहेको अनुसन्धानबाट खुलेको बताइएकोछ । क्षेत्रीलाई गुलेली र चक्कुसहित नियन्त्रणमा लिएको महानगरिय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

" /> लकडाउन उल्लंघन गर्ने एक व्यक्तिद्वारा प्रहरीमाथि गुलेली र चक्कु प्रहार - Sarbocha Media

लकडाउन उल्लंघन गर्ने एक व्यक्तिद्वारा प्रहरीमाथि गुलेली र चक्कु प्रहार

`

     २०७६ चैत्र १८ गते ७:०५

काठमाडौं, १८ चैत । सरकारले लगाएको लकडाउनका समयमा भक्तपुर सुर्यविनायक चोकमा मंगलबार सर्वसाधरणले प्रहरीमाथि चक्कु र गुलेली प्रहार गरेका छन् ।

एक व्यक्तिलाई लकडाउनको समयमा प्रहरीले घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ भनेर सम्झाउँदा खोज्दा ती व्यक्तिले प्रहरीमाथि चक्कु र गुलेली नै प्रहार गरेर भागेको प्रहरीले बताए ।

ती व्यक्तिले पहिला गुलेली प्रहार गरेका र लखेट्दै समाउन खोज्दा सो व्यक्तिले हवल्दारमाथि फेरि चक्कु प्रहार गरेको जनाइएको छ । चक्कु लागेर घाइते प्रहरी हवल्दार केशरसिंह रावतको गालामा घाउ भएको छ ।

advertisement

चक्कुर गुलेली प्रहार गर्ने सुदीप क्षेत्री हुन् । उनको मानसिक रोगी रहेको अनुसन्धानबाट खुलेको बताइएकोछ । क्षेत्रीलाई गुलेली र चक्कुसहित नियन्त्रणमा लिएको महानगरिय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?