एजेन्सी, १८ चैत । कोरोना भाइरसको संक्रमणबाट अमेरिकाका प्रसिद्ध पेडियाट्रिक न्यूरोसर्जन डाक्टर गूडरिचले ब्रोंक्सको ज्यान गएको छ । उनको मृत्यु सोमबार भएको सीएनएनले जनाएको छ।
ब्रोंक्सको ज्यान न्यू योर्क शहरको मोन्टेफोर मेडिकल सेन्टरमा भएको जनाइएको छ । उनले सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याएका थिए । मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए।
अमेरिकाका प्रसिद्ध पेडियाट्रिक न्यूरोसर्जन डाक्टर गूडरिचले ब्रोंक्स अस्पतालमा पेडियाट्रिक न्यूरोसर्जरी विभागमा ३० वर्षभन्दा बढी बिताएका जनाइएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिले फैलिरहेको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या तीन हजार एक सय ६५ पुगेको छ भने एक लाख ६४ हजारभन्दा बढी संक्रमित भएको वल्र्डोमटिरले जनाएको छ ।




