advertisement

फ्रान्समा मंगलबार बिहानसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३ हजार २४ पुगेको छ । फ्रान्समा संक्रमितको संख्या ४४ हजार ५ सय ५० रहेको छ भने करिब ८ हजार निको भएको वल्र्डामीटरमा उल्लेख छ ।

त्यस्तै सोमबार कोरोना संक्रमणबाट इरानमा ११७, जर्मनीमा १०४, बेलायतमा १८०, बेल्जियममा ८२ र स्विजरल्यान्डमा ५९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट मंगलबार बिहानसम्म विश्वभर ३७ हजार ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै निको हुनेको संख्या करिब एक लाख ६५ हजार रहेको छ ।

" /> मंगलबार बिहानसम्म कोरोनाबाट स्पेनमा ७ हजार बढीको मृत्यु - Sarbocha Media

मंगलबार बिहानसम्म कोरोनाबाट स्पेनमा ७ हजार बढीको मृत्यु

`

     २०७६ चैत्र १८ गते २:२४

काठमाडौं, १८ चैत । विश्वमा महामारीकोरुपमा फैलिरहेको कोरोना संक्रमणबाट स्पेनमा मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ ।

वल्र्डोमिटरका अनुसार स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा थप ७ हजार ७ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म स्पेनमा ८७ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ भने करिब १४ हजार संक्रमित निको भएका छन् ।

त्यस्तै इटालीमा कोरोना संक्रमणबाट हालसम्म ज्यान जानेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । सोमबार इटालीमा ८१२ जनाको मृत्यु भएको छ । इटालीमा आइतबार भने ७५६ जनाको मृत्यु भएको थियो ।

२४ घण्टामा इटालीमा थप ४ हजार ५० जनामा संक्रमण देखिएको छ । हालसम्म इटालीमा संक्रमितको संख्या एक लाख एक हजार ७ सय ३९ पुग्दा निको हुनेको संख्या करिब १४ हजार रहेको छ ।

मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३ हजार एक सय ५६ पुगेको छ भने संक्रमितको संख्या एक लाख ६३ हजार पुगेको छ । अमेकिारमा करिब ५ हजार ५ सय जना निको भएका छन् ।

advertisement

फ्रान्समा मंगलबार बिहानसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३ हजार २४ पुगेको छ । फ्रान्समा संक्रमितको संख्या ४४ हजार ५ सय ५० रहेको छ भने करिब ८ हजार निको भएको वल्र्डामीटरमा उल्लेख छ ।

त्यस्तै सोमबार कोरोना संक्रमणबाट इरानमा ११७, जर्मनीमा १०४, बेलायतमा १८०, बेल्जियममा ८२ र स्विजरल्यान्डमा ५९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट मंगलबार बिहानसम्म विश्वभर ३७ हजार ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै निको हुनेको संख्या करिब एक लाख ६५ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?